Aakash Haru (आकाशहरु) - Simanta Lamichhane - Nepali Poem (with English subtitle) - HD
Poem: Aakash Haru (आकाशहरु)Author: Simanta Lamichhane Website: http://inepal.org/nepalipoems/10766/s... Music: www.bensound.com हामी सबैलाई ढाकेको एउटा असिमित आकाश छ जहाँ बादलका टुक्राहरु मन फुकाएर घुम्छन अनि रातमा तारा चम्किन्छन् चराहरु डुलछन् यसको कुरा गरि साद्दे छैन तर कसैले ख्याल गरेकी गरेनन् कुन्नि यहि आकाशको तल दौडिरहेका सयौं पाईलाहरु छन् र तिनको पनि आफ्नै एक्लो आकाश छ जो यो अविछिन्न आकाश भन्दा भिन्न लाग्छ नितान्त एक्लो लाग्छ त्यो आकाश त्यो आकाशमा के के छन् अन्दाज मात्र गर्न सकिन्छ दोस्रो कोहिले देख्दैनन त्यो आकाश को रुपहरु मात्र त्यहि आँखाले देख्छन जसका लागि ति बनेका हुन्छन त्यो आकाशको सौन्दर्य चाख्न मात्र त्यहि आँखाले मात्र पाउछन त्यो आकाश को चट्टयांगमा तर्सिन मात्र त्यहि पाईलाले पाउछन जति सुकै नजिकिएर हिंड जति सुकै टास्सिन खोज यो ठुलो आकाश मुन्तिरको त्यो सानो आकाश देख्न सारो गार्हो हुन्छ यी साना साना आकाश हेर्ने प्रयासहरु ठुलो आकाश जस्तै असिमित छन् तर यो सानो आकाश देखिएको छैन कहिले कहिले पनि दोस्रो कोहीलाई आफ्नो दर्शन नदिई यी साना साना आकाशहरु बिलिन हुने गरेको छन् अनि यी सयौं पाईलाहरु यहि ठुलो आकाश हेरेर चित्त बुझाउने गरेका छन्
0 comments:
Please leave your feedback here, let me know if you like this content, also suggest me if you have any suggestions for me.